धेरै पहिले सोमेश्वर नामका पण्डित थिए । उनी देवी दुर्गाका भक्त थिए। एक दिन उनका गुरुले उनलाई माता दुर्गाको ध्यान गर्न र प्रार्थना गर्न भने।
सोमेश्वर जङ्गलमा गए । उनले ध्यान र प्रार्थनामा वर्षौं बिताए। मौसम बदलियो, अवस्था बिग्रियो तर सोमेश्वर डगमगाएनन् ।
एकदिन अकस्मात देवी दुर्गा उनको अगाडि देखा पर्नुभयो। सोमेश्वर अचम्ममा परे ।
देवीले मुस्कुराउदै भन्नुभयो “म तिम्रो भक्ति देखेर खुशी छु । तिमीले चाहेको कुरा माग्न सक्छौ।"
पण्डितले भने “आमा ! यदि तिमी मलाई केही दिन चाहनुहुन्छ भने मलाई सञ्जीवनी बुटी दिनु ।”
देवीले सोमेश्वरलाई बुटी दिनुभयो र भन्नुभयो कि संजीवनी बुटीको रसको केही थोपाले कुनै पनि मृत प्राणीलाई जीवित पार्न सक्छ । यति भनेर देवी अन्तर्ध्यान हुनुभयो ।
सोमेश्वरले कल्पना गर्न थाले । उनले गाउँलेलाई सहयोग गर्ने र अनुयायीहरू प्राप्त गर्ने योजना बनाए। जनताले आफूलाई मुखिया समेत बनाउने उनको कल्पना थियो ।
यिनै खुशीका बिचारहरु माझ उनि चिन्तित हुन थाले कि यो साँचो बुटी हो कि होइन । त्यसैबेला, उनले एउटा मरेको सिंह भेटे। उनले तुरुन्तै संजीवनी बुटीका केही पातहरू निचोर्न थाले। जब केहि थोपा शरीरमा खस्यो, सिंह फेरि जीवित भयो। त्यो सिंह बुढो भइसकेको थियो र शिकार गर्न पर्याप्त शक्ति नभएकाले भोकले मरेको थियो। बुटीले उसलाई जीवनमा मात्र ल्याएन बरु बल र ऊर्जा पनि दियो।
सोमेश्वर खुसी भए तर अचानक सिंहको गर्जना सुनेर आफ्नो गल्ती महसुस गरे । उनी ज्यान जोगाउन दौडन थाले तर सिंहसँग उनको कुनै जोर चलेन। सिंहले उनलाई समात्यो र आफ्नो शिकारको आनन्द उठायो।
नैतिक पाठ: आफ्नो कार्यको नतिजा बारे सोच्नुहोस् अनि बल्ल कार्य गर्नुहोस् । नभए पछुताउनुहोस् ।
This comment has been removed by the author.
ReplyDeleteThank you dear!
DeleteWonderful
ReplyDeleteThank you so much!
Delete