Friday, January 21, 2022

धोकेवाज गोही र बुद्धिमान बाँदर !



एकादेशको कुरा हो एउटा बाँदर नदीको किनारमा आँपको रुखमा बस्थ्यो। त्यो रुखको आँप सबैभन्दा मीठो थियो। वर्षभरि फल पनि फल्थ्यो । बाँदर स्वादिलो फल खानी र रुखमा खेली खुशी भएर बस्ने गर्थ्यो।

कुनै खास दिन त्यस आँपको रूख नजिकै एउटा गोही आयो। त्यो गोही असाध्यै थकित देखिन्थ्यो। बाँदरले गोहीलाई रूखबाट केही स्वादिष्ट आँप टक्रायो। गोहीले ती आँपलाई माया गरी खायो र बाँदरलाई त्यसको लागि धन्यवाद दियो।


त्यसपछि, गोही हरेक दिन बाँदरलाई भेट्न जान्थ्यो र तिनीहरू असल साथी बने।

एक दिन गोहीले आफ्नी पत्नीको लागि केही आँप लिएर जाने विचार गर्यो। गोहीकी पत्नीले आँप खाँदा गोहीबाट एकदमै अनौठो कुरा मागिन्। उनले भनिन्, ” मेरो प्रिय ! यी फलहरु यति स्वादिला छन् र यी आँपहरु नियमित खाने त्यो बाँदरको मुटु कति स्वादिष्ट होला !”


तिनले गोहीलाई बाँदरको मुटु ल्याउनलाई आदेश दिइन्। तिनको मागले गर्दा गोही स्तब्ध भयो। बाँदर उसको साथी थियो। उसले आफ्नो साथीलाई कसरी धोका दिन सक्थ्यो ? गोहीले बाँदरलाई मार्न इन्कार गरे ।


तर गोहीकी श्रीमती बाँदरको मुटु पाउन अडिग थिई । उसले गोहीलाई आफ्नो स्वास्थ्य खराब भएको र निको हुनका लागि डाक्टरले बाँदरको मुटु खान सुझाव दिएको बताई। गोहीले आफ्नो लागि बाँदरको मुटु नाल्यायो भने पक्कै पनि मर्ने धम्की समेत दिइन् । गोहीले यस्तो कुरा सुनेर आफ्नो अडानबाट पछि हट्यो र बाँदरको मुटु कसरी ल्याउने भन्ने बारे गम्न थाल्यो ।


भारी मन लिएर गोहीले बाँदरलाई भेट्न गयो । ऊ बाँदरतिर गयो र भन्यो, “साथी, तिमीले पठाएको आँपलाई मेरी श्रीमतीले मन पराएकी थिई । उसले तिमीलाई हाम्रो घरमा धन्यवाद दिन निम्तो दिईकी छ ।” बाँदरले सहमति जनायो र गोहीको पिठ्युँमा बस्यो ताकि गोहीले उसलाई आफ्नो घरमा लैजान सकोस्।


नदीको बीचमा पुगेपछि गोही डुब्न थाल्यो। बाँदर डरायो र उसले गोहीलाई किन डुबिरहेको भनेर सोध्यो। अब बाँदर को लागि कुनै पलायन छैन भन्ने थाहा पाएर गोहीले जवाफ दियो , “माफ गर साथी । आफ्नो ज्यान जोगाउन मेरी पत्नीले तिम्रो हृदय खानुपर्छ। यसैकारण म तिमीलाई आफूसँगै लैजाँदैछु।”

बाँदर रिसायो । तर बाँदर चतुर थियो। ऊ शान्त रह्यो र गोहीलाई उसकी श्रीमतीको जीवन बचाउँदा आफू खुसी हुने तर आँपको रुखमा आफ्नो मुटु छोडेर आएको बताए । बाँदरले तुरुन्तै गएर रूखबाट उसको हृदय प्राप्त गर्न सकिन्छ भनेर बतायो।

गोहीले त्यो कुरा एकै चोटि स्वीकार्यो र फर्क्यो। किनारमा पुग्नेबित्तिकै बाँदरले रुखमा हाम फालेर भन्यो, “हे मुर्ख गोही , कसैले आफ्नो मुटु निकालेर अरु कतै राख्न सक्छ र ? तिमीले मलाई साथी भनेर झुक्यायौ। अब जाऊ र कहिल्यै नफर्क ।” गोहीको शीर लाजले निहुरियो र ऊ आफ्नो घरतिर घोसेमन्टो लाउँदै फर्कियो ।


कथाको नैतिक पाठ :
१. कुनै खतरनाक अवस्थामा पनि शान्त भई तीक्ष्ण-बुद्धि प्रयोग गर्दा समस्याहरूबाट बच्न सकिन्छ।

२.असल र सहयोगी मित्रलाई धोका दिए, त्यो साथी सधैको लागि गुमाइन्छ । त्यसैले, मित्रद्रोह नगरेकै उत्तम हुन्छ ।


 

4 comments: