यो कुरालाई कालान्तरमा सीधा अर्थ लगाउन थालियो र ब्राह्मणहको दमनकारी प्रवृत्तिले प्रश्रय पायो। केही दुष्ट ब्राह्मणहरुले आफूहरु शीरबाट जन्मेको हुनाले आफू उच्च र अरु होचो दर्जाको मान्छे भनी शास्त्रको गलत व्याख्या गर्न थाले। यसरी मानिसको गुण र प्रवृत्तिलाई हेरेर कार्यविभाजनको लागि बनाइएको जातप्रथा छुवाछुतको कुरीतिमा परिणत भयो।
मनु–स्मृतिमा भनिएको कुराको सांकेतिक अर्थ यस्तो छ- बुद्धिको प्रयोग धेरै गरेर ज्ञान बाँड्ने हुनाले ब्राह्मण टाउकोबाट जन्मेको भनिएको हो। छाती र हातको प्रयोग गरेर समाजको रक्षा गर्ने भएकोले क्षेत्री छातीबाट जन्मेको भनिएको हो।
लेनदेन मूलत: पेटको लागि भएकाले वैश्यहरु पेटबाट जन्मेको भनिएको हो। अनि जसरी खुट्टाले सारा शरीरको भार उठाउँछ त्यसरी समाजमा सेवाको काममा लागेर सारा समाजको भार उठाउने हुनाले शूद्र पाइतालाबाट जन्मेको भनिएको हो।
अब यो कुरा बुझ्न जरुरी छ– ब्राह्मण भनेको प्रवृत्ति हो। क्षेत्री, वैश्य, शूद्र सबै प्रवृत्ति हुन्, जात होइन ! जो मानिस जहाँ जसरी जसको घरमा जन्मे पनि उसले आफ्नो प्रवृत्तिअनुसार आफ्नो रोजाइको काम छान्न पाउनुपर्छ।
अर्को कुरा, यो सब चार प्रवृत्तिको मानिसको बराबर सम्मान हुनुपर्छ। उदाहरणको लागि, बसको चक्का तल हुन्छ। बसको माथिको भागले चक्कालाई तँ हिलो-मैलो कुचेर दुगुर्छस्। तँ तल्लो कोटीको परिस् तँ मसँग नछोई भनेर हेपे बस चल्ला ?
त्यसरी नै समाजलाई व्यवस्थित रुपमा चलाउनको
लागि पनि चारै वर्णको बराबर हात हुन्छ। सबैले बराबर सम्मान पनि पाउनुपर्छ।
फोहोरमैला सफा गर्ने दाजुभाइ दिदी–बहिनीलाई पनि सफा भएर मन्दिर पस्न
दिनुपर्छ। उहाँहरुले छोएको पनि खान मिल्छ। त्यसको सुरुवात गर्न म तयार छु।
वैदिक कालमा त्यस्तै दृष्टान्त हामी भेट्छौँ। आउनुहोस्, हेरौँ !
हिन्दूको सर्वमान्य र प्रमुख ग्रन्थ भागवत गीता हो। यही ग्रन्थमा लेखेको कुरा १००% सहि छ। बाँकी पुराण र स्मृतिहरुको सांकेतिक अर्थ हुन्छ। त्यहाँ भएका कुरालाई सिधा अर्थ लगाउन मिल्दैन। गीतामा भगवान श्रीकृष्णले भनेका छन्–
चातुर्वर्णम् मया सृष्टम् गुणकर्मविभागश:।
(गीता ४/१३)
गीतामा श्रीकृष्ण भगवान भन्नुहुन्छ, 'चार जात मैले सृष्टि गरेको हुँ
मानिसको गुण र कर्म गर्ने प्रवृत्तिअनुसार !' यहाँ के कुरा याद राख्नुपर्छ
भने जात मानिसको जन्मअनुसार हुँदैन। वैदिक इतिहासलाई हेर्दा पनि देखिन्छ
विश्वमित्र क्षेत्रीय कुलमा जन्मे पनि ध्यान-योग गरेर ब्राह्मणजस्तै कर्म
गरेकाले ऋषि भनी पुजिनुहुन्छ।
यस्तै वैशम्पायन शुद्र कुलमा जन्मे पनि महाज्ञानी भएकाले उहाँको ओरिपरि बसेर ब्राह्मणहरु पनि उपदेश सुन्थे।
महाभारतमा धृतराष्ट्रलाई गीता ज्ञान सुनाउने सञ्जय पनि शूद्र कुलमा जन्मेका थिए। उनी रथ चलाउँथे। तैपनि सञ्जय राजासँगै बसेर उनलाई गीता सुनाएका थिए र दिव्यदृष्टि पनि पाएका थिए।
यसबाट प्रष्ट हुन्छ–
१. वैदिक कालमा मानिसको जात उसको गुण र कर्म हेरेर हुन्थ्यो !
२. जुन कुलमा जन्मे पनि मानिसले आफ्नो गुण र कर्म अनुसार जे पनि गर्न पाउँथ्यो।
३. ब्राह्मण, शूद्र, क्षत्रीय, वैश्य जुन कुलमा जन्मे पनि मानिस आफ्नो गुणअनुसार पेशा छान्न पाउँथ्यो।
४. ब्राह्मणले क्षेत्रीयजस्तो बल भए उसले बद्मास राजाहरुलाई तह लगाउन पनि सक्थ्यो। उदाहरण- परशुराम।
५. क्षत्रीयले ध्यान-योग गरेर ऋषिजस्तो गरीमामय पद पाउन सक्थ्यो। उदाहरण- ऋषि विश्वामित्र।
६. शुद्रले महाज्ञानी भएर सबैलाई उपदेश दिन सक्थ्यो। उदाहरण - वैशम्पायन र सञ्जय।
तसर्थ: पुन: वैदिक कालको उदाहरण अपनाऔ।
छुवाछुत निर्मूल पारौँ। हिन्दूधर्मलाई अझै सङ्गठित र बलियो बनाऔँ !
विधर्मीबाट नेपाल देश बचाऔँ !! यसको सुरुवात म गर्न तयार छु। तपाईंहरु नि
?
जय नेपाल ! ओम !!
No comments:
Post a Comment