विश्वको अग्रणी व्यापारीहरू मध्ये एक अलिबाबा समूहका संस्थापक ज्याक मा को जन्म १० सेप्टेम्बर १९६४ मा चीनमा भएको थियो । ज्याक मा को अर्को नाम मा युन हो । आज, ज्याक माको सम्पत्तिको विश्वभर चर्चा हुन्छ । उनै ज्याक मा जो कलेजको परीक्षामा ३ पटक फेल भए र चीनका धेरै कम्पनीहरूले उनलाई अयोग्य घोषणा गरेर जागिर दिएनन् । आज ज्याक मा विश्वको धनी मानिस मध्ये एक हुन् । जागिर नपाएपछि, ज्याक माले आफ्नो संघर्ष जारी राखे र १९९८ मा अलीबाबाको स्थापना गरे ।
उनले चीनको देशको बारेमा इन्टरनेटमा पनि खोजी गरे जसको बारेमा उनले इन्टरनेटमा खोजी गरेर केहि पनि फेला पार्न सकेनन् । ज्याक आफ्नो देशको जानकारी इन्टरनेटमा नहुँदा अत्यन्तै दुःखी थिए । उनलाई टेक्नोलोजीको क्षेत्रमा चीन अन्य देशहरू भन्दा धेरै पछाडि भएको लाग्यो । यसरी, ज्याक मा र उनका अमेरिकी साथी मिलेर चीनको बारेमा जानकारी भएको पहिलो वेबसाइट बनाए । बनाएको केहि घण्टामा नै ज्याक मा ले केही चिनियाँ व्यक्तिहरूबाट ईमेलहरू प्राप्त भयो । यो देखेर, ज्याक मा लाई इन्टरनेटको शक्ति बारे थाहा भयो ।
चिनियाँ जनताको विश्वास जितेर र उनीहरूलाई इन्टरनेटमा व्यापार गर्न सिकाए पछि, यो कम्पनी चीनको सबैभन्दा ठूलो कम्पनी बन्न सफल भएको छ । एउटा सानो गाउँको केटाको यात्रा जसको खर्च गर्न एक रुपैयाँ पनि भएन, त्यही व्यक्ति केहि गर्न गर्ने उत्कृट चाहनाका कारण यति ठूलो कम्पनी स्थापना गर्न सफल भयो । उनी केहि गर्न इच्छुक थिए र सबैभन्दा महत्वपूर्ण कुरा त उनी हरेक समय केही नयाँ चीजहरू जान्ने उत्सुकता देखाउथे । उनी कैयौँ पटक असफल भएर पनि आज सफलताको उच्चतम् स्तरमा छन् ।
यसरी, दर्जनौँ कम्पनीले अस्वीकार गरेका ज्याक मा आज चीनका सर्वाधिक धनी र एक कुशल उद्दमीको रुपमा परिचित छन् । उनको संघर्षको कथाले हामीलाई कहिल्यै पनि हार नमानी अगाडि बढ्न प्रेरणा दिन्छ । प्रत्येक हारबाट सिकेर अघि बढ्न सक्ने हामी पनि एकदिन महान काम गर्न सक्षम हुन्छौँ भन्ने कुरामा सन्देह छैन ।